१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

बिरिङ पुलमा दुर्घटना हुँदा आठ वर्षीय बालकको मृत्यु



बिर्तामोड-झापाको कन्काई नगरपालिकास्थित बिरिङ पुलमा शनिबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका-३ का आठ वर्षीय प्रशान्त भण्डारी रहेको प्रहरीले जनाएको छ । भण्डारी आफ्नी आमासँगै मोटरसाइकलमा सवार थिए ।

मेचीनगर-९ का ३८ वर्षीय गोपाल महतले चलाएको प्रदेश १- ०१-०१२ प ५७७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा २७ वर्षीया पूर्णिमा भण्डारी, आठ वर्षीय प्रशान्त भण्डारी र आठ महिनाका प्रशान भण्डारी घाइते भएका थिए घाइतेहरूको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार ००:००  ११ : ४१ बजे