काँकडभिट्टा-राष्ट्रिय युवा संघ मेचीनगरको अध्यक्षमा सुनिल राजवंशी बिजयी भएका छन् । सोमवार भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचनको विधि अपनाइएको थियो । निर्वाचनमा राजवंशीले अर्का युवा सुरेन कन्दङ्वालाई हराएका हुन् ।
युवा संघमा १५० जना मतदाता थिए । त्यसमा सुनिलको पक्षमा ८४ मत खसेको निर्वाचन समितिले जनाएको छ । सुरेनको पक्षमा ६० मत मात्रै खसेको छ ।
संघको सचिव पदमा राकेश खवास विजयी भएका छन् । उनले ८६ मत ल्याउँदा उनको प्रत्यासी विशाल गिरीले ५८ मत ल्याएका छन् । सहसचिव पदमा सञ्जय पोखरेल विजयी भएका छन् ।
पोखरेलले ९२ मत ल्याएर बिजय हासिल गर्दा सोही पदका अर्का उम्मेदवार तेजन राजवंशीले ५२ मत प्राप्त गरेका छन् ।
नयाँ नेतृत्व चयन भएसँगै युवा संघ मेचीनगर थप गशिील चलायमान हुने अपेक्षा गरिएको छ ।