दमक- मोरङको उर्लावारीमा कारको ठक्करबाट शुक्रबार राति पैदल यात्रुको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ स्कुलडाँडामा राति ८ बजेतिर भएको दुर्घटनामा पैदलयात्रीको ज्यान गएको हो ।
बागमती प्रदेश ०१–०२६ च ६२८८ नम्बरको कारले ठक्कर दिँदा उर्लाबारी–७ का ५६ वर्षीय वोधविक्रम मुखियाको मृत्यु भएको मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।
कारको ठक्करबाट गम्भीर घाइते भएका मुखियालाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो । उपचार सुरु नहुँदै मुखियाको मृत्यु भएको हो ।