१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

इटहरीको बीपी चोकमा आगलागी : जलेर महिलाको मृत्यु



इटहरी-सुनसरीको इटहरी-६ स्थित बीपी चोकमा शनिबारराति भएको आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय गोपीमाया कटुवाल रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

सुतेको अवस्थामा घरमा आगलागी भएका कारण कटुवालको ज्यान गएको प्रहरी निरीक्षक कैलाश चौधरीले जानकारी दिए । पूजा कोठाबाट आगो सल्किएको प्रहरीको अनुमान छ।

कटुवालका छोरा बुहारी छेउको कोठामा सुतेका थिए। उनी एक्लै सुतेकी थिइन् । भित्रबाट चुकुल लगाएकाले पनि तत्काल बचाउन नसकिएको प्रहरीले जनाएको छ।

मध्यराति आगलागी भएको र ढिलो मात्रै प्रहरीले जानकारी पाएको थियो । राति नै बारुणयन्त्रले आगो नियन्त्रणमा लिएकाले अरु घर जोगिएको प्रहरी निरीक्षक चौधरीले बताए।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ००:००  ८ : ४९ बजे