८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

झापाको झिलझिलेमा दुर्घटना हुँदा तीन जनाको मृत्यु



बिर्तामोड-पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको झिलझिलेमा प्र १-०१-००१ च ९३२९ नम्बरको बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार बिहान ५ बजे उक्त दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हाे । प्रहरीका अनुसार उनीहरु मे ३ प ५००१ नम्बरकाे मोटरसाइकलमा सवार थिए । तर, उनीहरूको परिचय भने खुलिसकेको छैन ।

घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि बीएण्डसी हस्पिटल भर्ना गरिएको थियो । घाइते तीनै जनाको टाउकोमा गम्भीर चोट छ ।

हस्पिटलका जनसम्पर्क अधिकारी प्राेमिश गिरीले घाइते अवस्थामा भर्ना भएका तीनै जनाको मृत्यु भएको बताए ।पहिचान नखुलेका उनीहरूको शव अस्पतालको शव गृहमा राखिएको छ ।

घटनापछि बोलेराे चालक मेचीनगर-६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ००:००  ७ : २३ बजे