फिदिम– पाँचथरमा भएका अलग-अलग दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । भीर र रुखबाट लडेर दुई जनाको मृत्यु भएको हाे ।
फिदिम- १३ लुङरुपाका ३८ बर्षीय मनोज नेम्बाङ र कुम्मायक गाँउपालिका-३ का ३९ बर्षीय गजेन्द्र सम्बाहम्फेको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको हो ।
प्रहरीका अनुसार सोमबार साँझ फिदिम-७ लाङ्लापाको भीरबाट लडेर नेम्बाङको निधन भएको छ । फिदिम-५ मा रुखबाट लडेर गम्भीर घाइते भएका सम्बाहम्फेको पाँँचथर अस्पतालमा मृत्यु भएको हाे ।