२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कचनकवलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु



भद्रपुर-झापाको कचनकवल गाउँपालिकामा शुक्रबार राति दुईवटा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल-४ का ४१ वर्षीय कृष्णप्रसाद साह रहेका छन् ।

कचनकवल-६ पेट्रोल पम्प नजिक बनियानी केचना सडक खण्डमा मे ८ प ८१७ र बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल आपसमा जुधेका हुन् ।

घटनामा दुवै मोटरसाइकलका चालक घाइते भएको र उपचारका क्रममा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

साहको ओमसाई पाथिभरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साहले चलाएको मोटरसाइकलको पछाडि बसेका स्थानीय सन्दीप माझीको होस खुलेको छैन ।

मे ८ प ८१७ नम्बरको मोटरसाइकलका चालक गोपाल राजवंशी र पछाडि सवार रामबहादुर राजवंशीको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार ००:००  ७ : ३७ बजे