धनगढी-धनगढीमा भीषण आगलागी भएको छ । गएराति १ बजे धनगढी उपमहानगरपालिका १ सारथी अस्पताल क्षेत्रमा आगलागी भएको हो ।
दलबहादुर भण्डारीले सञ्चालन गरेको जुत्ता चप्पलको गोदाममा मध्यराति लागेको आगो फैलिँदा एक अस्पतालसहित आठवटा पसलमा ठूलो क्षति भएको छ ।
राति एकबजे आगो लागेको र क्षतिको विवरण अझै प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले बताए ।
आगलागीबाट मधुमाला देवी सप ,भट्ट सपिङ्ग सेन्टर, सुभिक्षा देवी सपिङ् सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेज, भण्डारी सु–सेन्टर, सारथी अस्पताल र भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा क्षति भएको छ ।
आगलागीपछि धनगढी उपमहानगरपालिकाका २ वटा, गोदावरी नगरपालिकाका एक, कञ्चनपुरको पुनर्वास नगरपालिकाको एक गरी चार वटा दमकलले आगो नियन्त्रणमा लिएको थियो ।