७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

धनीपूर्जा माग गर्दै कनकाईकाे टोली प्रधानमन्त्री निवासमा



बिर्तामोड- अव्यवस्थित बसोवासीको समस्या समाधानको माग गर्दै कनकाई नगरपालिकाको टोली काठमाडौँ पुगेको छ । काठमाडौँ पुगेर टोलीले प्रभावितको समस्या अवगत गराएको हो ।

नगर प्रमुख राजेन्द्रप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समस्या समाधानको माग गर्दै बुधवार ज्ञापनपत्र बुझाएको छ ।

बर्षौदेखि बसोबास गरिरहेका स्थानीयले जग्गाको धनीपूर्जा नपाएको भन्दै कनकाई नगरपालिकाको टोली प्रधानमन्त्री कार्यालयमा पुगेको हो ।

नगर प्रमुख पोखरेलका अनुसार कनकाई नगरपालिकामा मात्रै सात हजार पाँच भन्दावढी सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने तयारी छ ।

बर्षौदेखि आफूले कमाउँदै आएको जमिनका लागि चर्को शुल्क तोकिएको भन्दै कनकाई नगरपालिकाले शुल्क घटाउन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार ००:००  ५ : ५० बजे