१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

काङ्ग्रेससँग युवा र तन्नेरी पुस्ता रिसाएको छ : महामन्त्री थापा



धुलावारी– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ सालपछि पार्टीको वर्तमान नेतृत्व फेरिने बताएका छन् । नेतृत्व नफेरिएसम्म पार्टीले गति नलिने बताउँदै थापाले अहिलकै अवस्थामा पार्टी अगाडि नबढ्ने पनि बताए ।

नेपाली काङ्ग्रेस मेचीनगर समितिको अधिवेशनलाई शनिवार झापाको धुलावारीमा सम्वोधन गर्दै महामन्त्री थापाले यस्तो धारणा राखेका हुन् । उनले पार्टीमा समस्या रहेको भन्दै पुनर्जागरणको खाँचो औँल्याए ।

काङ्ग्रेस महामन्त्री थापाले सरकारप्रति जनताको आक्रोश चुलिएको भन्दै युवा र तन्नेरी पुस्ता आफ्नो पार्टीसँग रिसाएको बताए । उनले युवा जमातलाई फकाएर काङ्ग्रेसको पक्षमा जनमत सिर्जना गर्ने मातहतका नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ००:००  १० : १८ बजे