१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

डेंगुको संक्रमणबाट बिर्तामोडमा थप एक जनाको मृत्यु



बिर्तामोड– प्रकोपकाे रुपमा फैलिएको डेंगुको संक्रमणबाट झापामा थप एक जनाको मृत्यु भएको छ ।

वीएण्डसी अस्पतालमा उपचार गराइरहेका बिर्तामोड-५ का ४४ वर्षीय बिचन्द्र लावतीको शुक्रबार साँझ मृत्यु भएको हो ।

यसअघि साउनको पहिलो साता बिर्तामोड– ५ कै ४४ वर्षीया मदिना खातुनको डेंगु संक्रमणबाट मृत्यु भएको थियो ।

झापामा डेंगु प्रकोपका रुपमा फैलिएको भए पनि नियन्त्रणका लागि स्थानीय तहले पर्याप्त चासो देखाएका छैनन् ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार ००:००  ८ : ५१ बजे