१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

दमक र आसपासका क्षेत्रमा शनिवार दिनभर बिजुली अवरुद्ध



दमक- झापाको दमक र वरपरका क्षेत्रमा शनिवार दिनभर बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मर्मतको काम गर्नु पर्ने जनाउँदै विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।

दमक सव स्टेशनमा पावर ट्रान्सफर्मर फेरबदल गर्नु पर्ने भएका कारण बिजुली आपूर्ति बन्द हुने दमक वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दमकका सबै वडा र उर्लावारी वितरण केन्द्रमा विजुली अवरुद्ध हुनेछ ।

बिहान ७ बजेदेखि मर्मतको काम हुने भएकाले दिउँसो तीन बजेसम्म बिजुली नआउने वितरण केन्द्रको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  ८ : २८ बजे