१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सगरमाथा विमानस्थल बनाउन सखुवाका १४ हजार रुख काटिए



उदयपुर-सखुवाका १४ हजार हरिया रुख काटेर उदयपुरमा सगरमाथा विमानस्थल बनाइने भएको छ । उदयपुरको त्रियुगा नगरपालिकामा विमानस्थल बनाउने प्रारम्भिक तयारी थालिएको हो ।

विमानस्थल निर्माणका लागि विभिन्न सामुदायिक वन क्षेत्रका करिव १४ हजार सखुवाका रुख काटिएका छन् । काटिएका रुख बिक्रीका लागि सामुदायिक वन समूहले धमाधम काम गरिरहेका छन् ।

मोतियाही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामश्रीष्ठ चौधरीले विमानस्थल बनाउने सपना पूरा गर्ने गरी रुख काटिएको र अहिले काठ दाउरा बेचिरहेको बताए ।

२०७८ माघ २४ गते वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच सगरमाथा विमानस्थल निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने सम्झौतामा हस्ताक्षर भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ००:००  १० : ३७ बजे