१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ढाँटेर नागरिकता लिन खोज्दा फन्दामा परे यादव



लहान : विवाहित छोरीको अविवाहित नागरिकता बनाउन खोजेको आरोपमा प्रहरीले सिराहाको नवराजपुर गाउँपालिका– ३ का अरबिन्दकुमार यादवलाई पक्राउ गरेको छ ।

यादवले २२ वर्षीया छोरी सुनिताकुमारी यादवलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो । सुनिता विवाहित भएको खुलेपछि प्रशासनले पक्राउ गर्न आदेश दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय सिराहाका सूचना अधिकारी भवेश झाले नागरिकता सनाखतको क्रममा विवाहित भएको पुष्टि भएपछि अरबिन्दलाई पक्राउ गरिएको बताए ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार ००:००  ३ : ४४ बजे