९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026

गृह मन्त्रालयमा आकस्मिक बैठक, ३२ सुरक्षाकर्मीको जिम्मेवारी खोसियो



झापा-संसद भवनको सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक सहितको टोलीलाई प्रहरी प्रधान कार्यालयले एकसाथ जिम्मेवारीबाट हटाएको छ।

लघुवित्तका ऋणीहरूको टोली संसद भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको निर्देशनमा प्रहरी निरीक्षकसहित ३२ जना सुरक्षाकर्मीलाई जिम्मेवारीबाट हटाइएको हो ।

जिम्मेवारीबाट हटाइए लगत्तै उक्त ठाउँमा नयाँ टोली परिचालन गरिएको छ । घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्य छानबिन टोली गठन गरेको छ।

घटनापछि गृहमन्त्रालयले आकस्मिक बैठक बोलाएर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल पनि गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार ००:००  ८ : ४७ बजे