१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

झापामा उत्पादन भयो १० हजार मेट्रिक टन सुपारी



बिर्तामोड-पूर्वका जिल्लामा व्यवसायिक खेती हुँदै आएको सुपारीको उत्पादन बढेको छ । अघिल्ला वर्षमा १० हजार मेट्रिक टनको हाराहारीमा उत्पादन हुँदै आएको सुपारी यो वर्ष १४ हजार मेट्रिक टन उत्पादन भएको हो ।

झापामा मात्रै १० हजार मेट्रिक टन भन्दाबढी सुपारी फलेको छ । झापासहित मोरङ, सुनसरी, इलाम र उदयपुरको चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार गतवर्ष १४ हजार ५६१ मेट्रिक टन सुपारी उत्पादन भएको हो । उत्पादनको ठूलो हिस्सा झापाले ओगटेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार ००:००  ७ : १७ बजे