७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

सांसद विकास कोषको झल्को दिने गरी कार्यपालिका सदस्यलाई छुट्टै बजेट



धनकुटा– धनकुटा नगरपालिकाले कार्यपालिका सदस्यले खर्च गर्ने गरी छुट्टै बजेट बिनियोजन गरेको छ । प्रत्येक कार्यपालिका सदस्यका लागि तीनलाख ५० हजार रुपैयाँको दरले बजेट बिनियोजन भएको हो ।

नगरपालिकाका प्रवक्ता जमशेर छाराले विभिन्न शीर्षकमा खर्च गर्न पाउने गरी कार्यपालिका सदस्यलाई बजेट दिइएको बताए । धनकुटा नगरपालिकामा आठ जना कार्यपालिका सदस्य छन् ।

यसअघि पनि धनकुटा नगरपालिकाले कार्यपालिका सदस्यलाई तीन लाखका दरले बजेट उपलब्ध गराएको थियो । यसवर्ष ५० हजार रुपैयाँका दरले बजेट थपिएको हो ।

सांसद विकास कोषको झल्को दिने गरी कार्यपालिका सदस्यलाई बजेट दिइएको भन्दै आलोचना सुरु भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार ००:००  ९ : ३५ बजे