११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

मनी ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार



रौटहट- रौतहटको परोहा नगरपालिकामा शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको छ । २६ वर्षीय साहलाई कञ्चटमा गोली हानिएको हो ।

घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । गोली चलाउने समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी एजिला गिरीले बताइन् ।

भारतको विहारका मनीषकुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह पक्राउ परेका हुन् । गोली प्रहारबाट घाइते भएका साहलाई उपचारका लागि गौर पठाइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ००:००  २ : ५० बजे