७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

दमकका डाक्टर कोइराला सम्पर्कविहीन, कोसी पारी भेटियो गाडी



दमक-झापाको दमक घर भएका डाक्टर प्रज्वल कोइराला आइतवारदेखि सम्पर्कविहीन भएका छन् । उनले प्रयोग गर्दै आएको गाडी भने कोसी पारी भेटिएको छ ।

उनी उर्लावारीस्थित मंगलवारे हस्पिटलमा कार्यरत थिए । डाक्टर कोइरालाको प्रदेश १–४१६६ नम्बरको गाडी चतरा कोसी पुलपारी उदयपुर बेलका–८ मा भेटिएको प्रहरीले जनाएको हो । प्रहरीले उनको खोजी सुरु गरेको छ ।

डाक्टर कोइरालाको मोबाइल, जुत्ता र कपडा गाडीमै भेटिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ००:००  ११ : ३२ बजे