१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पाथिभरामा केवलकार बनाउन राजनीतिक दल सकारात्मक



ताप्लेजुङ-पूर्वको प्रसिद्ध पाथिभरा मन्दिरमा अविलम्ब केवलकार निर्माणको काम अगाडि बढाउन सबै राजनीतिक दलहरूले आग्रह गरेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने जिल्लाका सबै राजनीतिक दलको बैठकले पाथिभरामा केवलकार निर्माण गर्न आफ्नो तर्फबाट सहजीकरण गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङकाे आह्वानमा भएको बैठकमा पनि दलहरूले आ-आफ्नो धारणा राख्दै सहजीकरणका लागि तयार रहेको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले केवलकार कम्पनीले निर्माणकार्य तत्काल सुरु गर्ने र त्यसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउने निर्णय गरेको छ ।

पूर्वी नेपालको धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त्वको पाथिभरा क्षेत्रमा आइएमइ समूहको अग्रसरतामा फङ्लिङ ११ काफ्ले पार्टीबाट मन्दिरसम्म पुग्ने केवलकार निर्माणको योजना अगाडि सारिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार ००:००  ९ : ५६ बजे