१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

झापाको कनकाईमा पानीमा डुवेर दुई बालबालिकाको मृत्यु



बिर्तामोड-झापाको कनकाई–१ त्रिवेणी टोलमा बिहीवार अपरान्ह पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ । चार वर्षीया निशा भुजेल र अढाई वर्षीया अनमोल जोगीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

नजिकैको बाघे खोलाले बनाएको खाल्डोमा जमेको पानीमा डुवेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताए ।

‘ती बालबालिकाका अभिभावक जनमनका लागि अन्यत्र गएका रहेछन्’, प्रनानि कोइरालाले भने, ‘खेल्ने क्रममा उनीहरु पानीको खाल्डोमा डुवेको भेटियो ।’

कवाडीको कारोवारमा संलग्नले दुई बालबालिका पानीमा डुवेको देखेपछि गाउँलेलाई खबर गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ००:००  ६ : ४५ बजे