५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

झापामा सवारी दुर्घटनाको तथ्याङ्क डरलाग्दो : ११ महिनामा १०५ जनाको मृत्यु



बिर्तामोड-झापामा चालु आर्थिक वर्षको ११ महिनामा भएका सवारी दुर्घटनामा १०५ जनाको मृत्यु भएको छ । सातसय ६१ वटा सवारी दुर्घटनामा ती मानिसको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको हो ।

ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खँड्काले दुर्घटनामा १६५ जना गम्भीर घाइते भएको बताए । प्रसनि खँड्काका अनुसार कतिपय घाइते अंगभंग भएको अवस्थामा छन् । उनीहरुको दैनिकी कष्टकर छ ।

सवारी चलाउँदा हुने लापरवाहीले धेरैलाई मृत्युको बाटो अँगाल्न बाध्य पार्ने गरेको छ । ११ महिनामा भएका दुर्घटनामा १०४३ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ००:००  ७ : २६ बजे