१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बुट्टाबारी युनाइटेड ५–० गोल अन्तरले पराजित



बिर्तामोड-राजगढको झापा एफसी चारपानेमा जारी दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

वीर अमरसिंह माध्यमिक विद्यालयको मैदानमा भएको खेलमा झापा एफसीले बुट्टाबारी युनाइटेड एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

खेल अवधिभर झापाले बुट्टाबारीलाई निक्कै दबाबमा राखेको थियो । उत्कृष्ट फिनिसिङ र लयमा रहेको झापाले बट्टाबारीलाई ५–० गोल अन्तरले हराएको छ ।

झापाका लागि आयुष श्रेष्ठले २९ औँ र ४८ औँ मिनेटमा गोल गरे भने सञ्जय धिमालले ३४ औँ, दीपेश श्रेष्ठले ३८ औँ र राजेश तामाङले ७१ औँ मिनेटमा गोल गरेका छन् ।

बुट्टाबारीका गोलकिपर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि उनको ठाउँमा प्रशान्त सेन्च्युरीले गोलपोस्ट सम्हालेका थिए ।

खेलको प्लेयर अफ द म्याच झापा एफसीका आयुष श्रेष्ठ भए । उनले नगद तीन हजार पाए ।प्रतियोगितामा झापाका आठवटा क्लबहरूले सहभागिता रहेको छ ।

आयोजक एकता स्पोर्टिङ क्लवका अध्यक्ष किरण पौडेलले प्रतियोगिताको फाइनल खेल कात्तिक ३ गते हुने बताए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, प्रत्येक खेलमा प्लेयर अफ द म्याचले नगद ३ हजार पाउँदा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, कोच, हाइस्कोर र उत्कृष्ट खेलाडीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिने प्राविधिक समिति संयोजक माधव खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार ००:००  ७ : ३६ बजे