बिर्तामोड- महिलाको उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर मनमोहन अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले अस्पताल परिसरमा हुलदंगा गरेका छन् ।
अस्पताल परिसरमा भीड बढेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । अस्पतालको संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको हो ।
घुँडामुनि सुन्निएपछि बिर्तामोड ३ की ३५ वर्षीया नर्वदा बाँस्कोटालाई हिजो बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा बेलुका ५.३० बजे उनको मृत्यु भएको हो ।
बास्कोटाको मृत्युपछि आफन्त आन्दोलित भएका छन् । घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा छलफल भइरहेको छ ।


















