७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

सिलगुडी काठमाडौँ चल्ने बसमा भन्सार छलीको सामान



बिर्तामोड-झापाको काँकडभिट्टाबाट बुधवार अपरान्ह प्रहरीले दुई लाख ७० हजार मूल्य बरावरको सामान बरामद गरेको छ । सिलगुडी काठमाडौँ चल्ने डब्लु बी १९ एल ६१६१ नम्वरको भारतीय बसबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको हो ।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले कपडा, जुत्ता चप्पल, गाडीको हर्न, विजुलीको तार, गाडी छोप्ने कभर लगायतका सामान भारतीय बसमा फेला परेको बताए ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा र मेची भन्सारको संयुक्त टोलीले राजस्व छलीका ती सामान बरामद गरेको हो । प्रहरीका अनुसार ती सामान बसमा बेवारिसे अवस्थामा फेला परेका हुन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार ००:००  ९ : १४ बजे