१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कोसीमा डेंगु संक्रमण अनियन्त्रित : १२ जिल्लाका साढे छ हजार जनामा संक्रमण



झापा-कोशी प्रदेशमा डेंगु रोगको संक्रमणबाट १२ जिल्ला प्रभावित भएका छन् । कोशीका १४ जिल्लामध्ये सोलुखुम्बु र ओखलढुंगाबाहेक सबैमा संक्रमण फैलिएको हो ।

आइतबारसम्म प्रदेशभर छ हजार चार सय ६४ जना संक्रमित पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । सबै भन्दाबढी सुनसरीमा चार हजार पाँच सय ५८ जना संक्रमित छन् ।

संक्रमणबाट अत्याधिक प्रभावित सुनसरीको धरानमा स्वास्थ्य मन्त्रालय तथा प्रदेशबाट विशेषज्ञ टोली खटिएको छ । धरानमा रोगथाम तथा उपचार केन्द्र स्थापना गरिएको निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

सबैभन्दा कम खोटाङमा चार जना रहेको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विवेचना चौलागाईले बताए । मोरङमा ९१८, झापामा ४५४, उदयपुरमा १६१, धनकुटामा १०८ संक्रमित फेला परेका छन् ।

अघिल्लो महिनासम्म सुनसरी, मोरङ, झापा र संखुवासभामा सीमित संक्रमण दुई सातायता अन्य जिल्लामा फैलिएको चौलागाईंले बताए ।

२०७६ मा प्रदेशका ११ जिल्लामा डेंगु महामारीका रूपमा फैलिँदा पाँच हजार जना भन्दाबढी प्रभावित भएका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार ००:००  ७ : २७ बजे