१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

नेपालमा हरेक वर्ष १३ हजार नवजात शिशुको मृत्यु




झापा-नेपालमा हरेक वर्ष १३ हजार नवजात शिशुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले नवजात शिशुको कहालीलाग्दो मृत्यु अवस्था दर्शाएको हो ।

हरेक दुई घण्टामा तीन जनासम्म नवजात शिशुको मृत्यु हुने गरेको संगठनले जनाएको छ । जन्मिएको २८ दिनसम्मको शिशुलाई नवजात भनिन्छ । नेपालमा एक वर्ष सम्मका शिशुको मृत्युदर प्रतिहजार २८ छ ।

नेपालले सन् २०३० सम्ममा नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ सम्म पुर्‍याउने लक्ष्य राखेको छ । २०३५ सम्ममा यो सङ्ख्या १० भन्दा कममा झार्ने भनिएको छ ।

सहरी क्षेत्रमा नवजात शिशुको मृत्युदर १९ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा २५ प्रतिशत छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार ००:००  ९ : ३८ बजे