७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

लागूऔषध ब्राउन सुगरसहित मेचीनगरका राई पक्राउ



काँकडभिट्टा-भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगरका स्थानीय युवकका साथमा लागूऔषध ब्राउनसुगर फेला परेको छ ।

मेचीनगर-६ बद्री टाेलका ३२ वर्षीय बसन्त राईका साथमा लागूऔषध ब्राउनसुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।

राईका साथमा एक ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ‌।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार ००:००  ९ : ०० बजे