काठमाडौँ- फागुनमा ६५ हजार नेपाली बिदेशिएका छन् । बैदेशिक रोजगारीका लागि ती नेपाली बिदेशिएको वैदैशिक रोजगार विभागले जनाएको छ ।
फागुनमा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । विभागका अनुसार नेपालबाट हरेक दिन औसत २ हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् ।
पछिल्लो तीन महिनायता लगातार ६० हजार भन्दाबढी नेपाली विदेशिएको विभागको तथ्यांक छ ।