२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

उर्लावारी आगलागी घटना : ज्यान गुमाउनेको संख्या पाँच पुग्यो



झापा–उर्लावारी आगलागी घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचार गराइरहेकामध्ये मंगलवार बिहानसम्म पाँच जनाको मृत्यु भएको हो । २० जनाको भने उपचार भइरहेको छ ।

सोमवार राति उर्लावारी–७ का नरेश यादवको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले घटनाको पुष्टि गर्दै आगलागी घटनाका घाइतेमध्ये पाँच जनाको मृत्यु भइसकेको बताए ।

कात्तिक २६ गते लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी–७ का दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।

घाइतेमध्ये यसअघि तपन पण्डित, कुमार दाहाल, कुमार तामाङ र रुकुमबहादुर कार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार ००:००  ९ : १० बजे