बिर्तामोड-लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई झापा प्रहरीले साेमवार पक्राउ गरेको छ । फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नम्बर-६ स्थायी घर भएका विशाल कन्दङवालाई पक्राउ गरेको हो ।
लागूऔषध मुद्दाका २१ बर्षीय अभियुक्त कन्दङवा लामो समयदेखि फरार थिए । झापा जिल्ला अदालतले चार वर्षअघि लागूऔषध मुद्दामा कन्दङवालाई दोषी ठहर गरेको थियो ।
झापा प्रहरीका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले कन्दङवालाई अदालतले दुई वर्ष कैद र एकलाख रुपैयाँ जरिवाना तोकेको बताए । उनलाई अदालतको आदेशपछि कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।