११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

झापाका एकजना पत्रकारलाई हरेक वर्ष ५० हजार पुरस्कार



झापा–भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एकजना पत्रकारलाई हरेक वर्ष ५० हजार पाँच सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो

अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउण्डेशन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौंमा दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा भएको सम्झौता अनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिने भएको हो ।

सम्झौतामा हेम–सरिता फाउण्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताको रोहबरमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले हस्ताक्षर गरेका छन् ।

हेम–सरिता फाउण्डेसनका संस्थापकका पिता टंकप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट हरेक वर्ष टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।

आगामी वर्षबाट महासंघको आयोजनामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन डिसेम्बर ९ तारिखमा उक्त पुरस्कार प्रदान गरिने महासंघ झापाका सहसचिव राजु पाठकले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार ००:००  ५ : ४८ बजे