१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

चार महिनामा १२ अर्ब रुपैयाँको विद्युत् निर्यात



झापा-नेपाल विद्युत् प्राधिकरणले जेठयता करिव १२ अर्व रुपैयाँको बिजुली भारतलाई बेचेको छ । जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत भारत निर्यात भएको हो ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरू गरेको थियो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को साउन, भदौ र असोज गरी तीन महिनामा ९ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत भारतर्फ निर्यात गरेको हो ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार ००:००  ९ : ३९ बजे