झापा-नेपाल भित्रिने मोबाइल फोनको कारोवारमा १२ अर्व रुपैयाँले कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्कले यस्तो देखाएको हो ।
अघिल्लो आर्थिक वर्षको मोबाइल आयातमा १२ अर्ब रुपैयाँ बराबरले गिरावट आएको देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा ३८ अर्ब रुपैयाँको मोवाइल आयात भएको थियो ।
गत वर्षमा १२ अर्वले आयात घटेको र २६ अर्ब रुपैयाँ बराबरको मात्रै मोवाइल फोन भित्रिएको विभागले जनाएको छ ।