झापा– निर्वाचन आयोगले पूर्व निर्धारित समयभित्र निर्वाचन खर्चको विवरण नबुझाएको जनाउँदै राजनीतिक दलका नेतामाथि १५ हजार रुपैयाँका दरले जरिवाना तोकेको छ ।
आयोगले जरिवाना तोकेका नेताहरुमा स्वतन्त्र उमेद्वार रञ्जु दर्शनादेखि नेपाली कांग्रेसका महामन्त्री गगन थापासम्म छन् । उनीहरुसहित २४ सय उमेद्वारको लिस्ट आयोगले सार्वजनिक गरेको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधिसभा सदस्यका एक हजार ३७ जना उम्मेदवार र प्रदेश सभा सदस्यका एक हजार ३९८ उम्मेदवारलाई १५ हजारका दरले जरिवाना तोकिएको बताए ।