१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

कर्तव्य ज्यान मुद्दाका फरार अपराधी १० वर्षपछि पक्राउ



झापा-कर्तव्य ज्यान मुद्दाका एक जना फरार अपराधीलाई झापा प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर–१० का नरेन्द्र भनिने देवेन्द्र खरेल छन् ।

कृष्णकुमार राईको जाहेरीका आधारमा खरेललाई पाँचथर जिल्ला अदालतले २०६९ असोज १८ मा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

सर्वाेच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा गठित पूर्णकालिन दस्ता झापाले खरेललाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार ००:००  १० : ०० बजे