१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

लिंकन मण्टेश्वरीबाट सुरु भयो लाखे नाच



बिर्तामोड-नेवार समुदायको लाखे जात्रा तथा ठाकठुके नृत्य झापाको बिर्तामोड–३ स्थित लिंकन मण्टेश्वरी विद्यालयबाट शुरु भएको छ ।

नेवाः देय् दबू बिर्तामोड नगर समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको लाखे नाच तथा ठाकठुके नृत्य यसवर्ष भने सोमवार लिंकन मण्टेश्वरी स्कूलबाट शुरु गरेको हो ।

नागपञ्चमीको अवसर पारेर बिर्तामोड–९ भिमसेन मन्दिरमा बिहान पूजा गरेर लाखे नाच शुरु गरिएको नेवाः देय दबू बिर्तामोड नगर समिति अध्यक्ष छत्रबहादुर श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार यस बर्षको लाखे तथा ठाकठुके नृत्य लिंकन मण्टेश्वरीबाटै उद्घाटन भएको हो । नेवार समुदायको धर्म, संस्कृति र परम्परालाई जर्गेना गर्दै युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले लाखे तथा ठाकठुके नाच प्रत्येक बर्ष गर्दै आएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

प्रत्येक बर्ष गठेमंगलदेखि कृष्णअष्ठमीसम्म लाखे जात्रा मनाउँदै आएको उनले जानकारी दिए । लिंकन मन्टेश्वरी स्कूलका सञ्चालक सरोज पौडेलले नानीबाबुहरुलाई नेवार समुदायको परम्पराका बिषयमा जानकारी गराउने उद्देश्यले लाखे तथा ठाकठुके नृत्य बिद्यालयमा ल्याएर नचाएको बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार ००:००  ९ : ०७ बजे