बिर्तामोड-झापाको अर्जुनधारा-५ का ४१ वर्षीय लवलाल राजवंशीको सुतेकै अवस्थामा आइतबार दिउँसो मृत्यु भएको छ। बिर्तामोड- २ साङ्गवेद टोलस्थित आफ्नै काका मलिकलालको घर निर्माणमा सहयोग गर्न गएका राजवंशीको मृत्यु भएको हो ।
मध्यान्ह साढे १२ बजे खाना खाएर सुतेका राजवंशी नउठेपछि आफन्तले हेर्दा सुतेकै स्थानमा उनलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

















