१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सरकारले आठ महिनामा उठायो ६ खर्ब ६१ अर्ब राजस्व



काठमाडौँ-सरकारले चालु आर्थिक वर्षको ८ महिनामा ६ खर्ब ६१ अर्ब राजस्व उठाएको छ । गतवर्षको समीक्षा अवधिको तुलनामा ७.१३ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।

गत आर्थिक वर्षको समीक्षा अवधिमा ६ खर्ब १७ अर्ब रुपैयाँ राजस्व उठेको थियो । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार आठ महिनामा ८ खर्ब १ करोड रुपैयाँ खर्च भएको छ।

अघिल्लो वर्षको समीक्षा अवधिभन्दा २२ अर्ब बढी रकम खर्च भएको हो । सरकारले अपेक्षा अनुसार राजस्व संकलन गर्न नसकेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार ००:००  २ : ४६ बजे