१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

सुरुङगाका अधिकारी बहुविवाह मुद्दामा १३ वर्षपछि पक्राउ



बिर्तामोड-बहुविवाह मुद्दाका फरार एक जना अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । झापाको कनकाई नगरपालिका–३ का हरि भनिने प्रेमप्रसाद अधिकारी शनिवार पक्राउ परेका हुन् ।

बहुविवाह मुद्दामा झापा जिल्ला अदालतले अधिकारीलाई २०६७ भदौ ६ मा एकवर्ष कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका अधिकारी लामो समयदेखि फरार थिए ।

२०७१ माघ २७ मा पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतको फैसला सदर गर्दै अधिकारीमाथि कार्वाही हुनु पर्ने ठहर गरेको थियो । अदालतको फैसला कार्यान्वयनका क्रममा अधिकारी पक्राउ परेको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

आइतवार झापा जिल्ला अदालतमा पेश गरिएका अधिकारीलाई आदेश अनुसार कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार ००:००  ९ : ५० बजे