१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

पराजुली एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा निर्वाचित



भद्रपुर-युवा उद्यमी आदित्य पराजुली नेपाल एलपी ग्यास उद्योग संघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार काठमाडौंमा सम्पन्न संघको ११ औं अधिवेशनबाट पराजुली केन्द्रीय कार्यकारिणी समिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।

झापाको भद्रपुर–६ मा स्थापित पराजुली ब्रदर्स एण्ड ग्यास उद्योगका सञ्चालक पराजुली नेपाल चिया उत्पादक संघका केन्द्रीय उपाध्यक्ष छन् ।

अधिवेशनबाट १५ सदस्यीय कार्य समितिको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्वाचित भएका छन् । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, उपाध्यक्षमा दिवानबहादुर चन्द र सुरेन्द्रराज पौडेललाई चयन गरेको छ ।

महासचिवमा जीतबहादुर कार्की, सचिवमा अमित अग्रवाल र कोषाध्यक्षमा आशिष जाजोदिया चयन भएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  १० : १० बजे