७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

इजाजत बिनाकाे औषधि बेचेको आरोपमा दमकबाट तीन जना पक्राउ



बिर्तामोड-इजाजत बिनाको औषधि बेचेको आरोपमा झापाको दमकबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ‌।

झापाको दमकस्थित पशुहाट क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दमक नगरपालिका-७ का दीपेश खँड्का, रोशनकुमार साह र इलाम दानाबारीका सञ्जीव सुवेदी रहेका छन् ।

अनुमति बिनाका विभिन्न औषधि बेचिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ‌।

प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको भएपनि आइतबार मात्रै विवरण सार्वजनिक गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार ००:००  ७ : ५८ बजे