बिर्तामोड-नाबालक तीन छोरा छोडेर झापाको अर्जुनधारा–१० कालीस्थान घर भएकी कविता राजवंशी वेपत्ता भएकी छन् । १० दिनदेखि उनी हराइरहेको स्थानीयले बताएका छन् ।
परिवारका सदस्यलाई थाहा पत्तो नदिई कविता हराएकी हुन् । श्रीमती हराएको खबर थाहा पाएपछि उनका श्रीमान् सुरेश बैदेशिक रोजगारीबाट घर फर्किएका छन् । उनी बहराइनमा काम गर्थे ।
कपडा किन्न बिर्तामोड जान्छु भनेर हिँडेकी कविता घर नफर्किएको सुरेशले बताए । उनका तीन छोरा छन् । एउटा १२ वर्षको र अरु पाँच वर्षका जुम्ल्याहा छन् ।
श्रीमान्लाई विदेश पठाउँदा लागेको एकलाख १४ हजार ऋण तिरे लगत्तै उनले घर छोडेको जनाइएको छ ।