१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

स्थापनामा योगदान गरेका चार व्यक्तित्वलाई सम्मान गर्दै साहित्य चौतारी



बिर्तामोड-साहित्य चौतारी झापाले संस्था स्थापनामा महत्वपूर्ण योगदान गरेका चारजना स्रष्टा एवम् सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने निर्णय गरेको छ । हालै बसेको चौतारीको कार्य समिति बैठकले सम्मानको निर्णय गरेको हो ।

रजत वर्ष महाअभियान अन्तरगत पुस १४ गते आयोजना हुने मासिक सांगीतिक काव्यसभाको अवसरमा भाषा, कला र साहित्यको विकास र श्रीवृद्धिमा समर्पित स्रष्टा र सामाजिक व्यक्तित्वलाई सम्मान गर्न लागिएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

सम्मान गर्न लागिएकाहरुमा पूर्व वरिष्ठ सल्लाहकार डा. पून्यप्रसाद सिग्देल, संस्थापक उपाध्यक्ष शेखरप्रसाद ढकाल, संस्थापक सचिव तथा पूर्व उपाध्यक्ष खिलप्रसाद सिवाकोटी र संस्थापक सह सचिव भीष्म न्यौपाने रहेका छन् ।

साहित्य चौतारीले कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती, तमु ल्होसार, अंग्रेजी नयाँ वर्षको अवसरमा कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम पूर्व सम्मानित व्यक्तित्व एवम् प्राज्ञ पवन राजवंशीको प्रमुख आतिथ्यमा हुनेछ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार ००:००  ८ : ५३ बजे