१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

फेसबुकमा प्राविधिक समस्या, आत्तिए प्रयोगकर्ता



बिर्तामोड-सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या आएको छ । अहिले राति सवा ९ बजेपछि फेसबुकमा समस्या देखिएको हो ।

धेरै प्रयोगकर्ताले आफ्नो एकाउन्ट अचानक बन्द भएको जनाउँदै त्यसको कारण खोजी गरिरहेका छन् । फेसबुक अकाउन्ट लगइनमा समस्या भएपनि म्यासेन्जर भने चलिरहेको छ ।

अचानक अकाउन्ट लगइन नभएपछि धेरै प्रयोगकर्ता आत्तिएका छन् । कतिपयले अकाउन्ट ह्याक भएको भन्दै पासवर्ड रिसेट गर्ने प्रयास पनि गरेका थिए । त्यसबाट पनि सम्भव नभएको प्रयोगकर्ताको गुनासो छ ।

कतिपय प्रयोगकर्ताले आफूहरूको म्यासेन्जर पनि नचलेको प्रतिक्रिया दिएका छन् । समाचार एजेन्सीहरूका अनुसार विश्वव्यापी रूपमा फेसबुकको सर्भर डाउन भएको हो।

धेरै प्रयोगकर्ताले अरु सामाजिक सञ्जाल मार्फत फेसबुकमा प्राविधिक समस्या देखिएको जनाएका छन् । फेसबुकको सञ्चालक कम्पनी मेटाले भने यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार ००:००  ९ : ३४ बजे