१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

छात्रवृत्ति विवरण पेश गर्न २४ घण्टे अल्टिमेटम



मोरङ-विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले यस्तो अल्टिमेटम दिएको हो ।

सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय भएको महानगरका मेयर नागेश कोइरालाले बताए ।

महानगरका विद्यालयले बालविकास कक्षादेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण हालसम्म पेश गरेका छैनन् ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार ००:००  ८ : ४५ बजे