१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

बिर्तामोडमा प्रहरी घेराभित्र पहिचानवादीको लठ्ठी जुलुस



बिर्तामोड–कोसी प्रदेशको नामप्रति असन्तुष्ट पहिचानवादी शक्तिले शनिवार झापाको बिर्तामोडमा प्रदर्शन गरेका छन् । कोसी नाम खारेजीको मागसहित उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

पहिचानका लागि युवा दस्ता घोषणा गर्दै उनीहरुले सडकमा मार्चपास गरेका छन् । प्रहरी घेराभित्र उनीहरुले सरकार विरोधी नारा लगाउँदै कोसी प्रदेशको नाम अविलम्व खारेज हुनु पर्ने माग राखेका छन् ।

घरेलु हतियार लठ्ठीसहित उनीहरु सडकमा आएका हुन् । लठ्ठी उचाल्दै पहिचानवादी समूहले आफूहरुको अबको आन्दोलन निर्णायक चरणमा प्रवेश गरेको जिकिर गरेका छन् ।

प्रदेश नम्वर १ पुनः नामाकंन संयुक्त संघर्ष समितिका संयोजक पाण्डवलाल चौधरीले सरकारी दमन जारीरहे त्यसविरुद्ध उत्रिन युवा दस्ता तयार रहेको बताए । उनले युवा दस्ता निर्माणलाई शक्ति सञ्चयका रुपमा बुझ्न आग्रह गरे ।

फागुनयता पहिचान पक्षधर राजनीतिक समूह र शक्तिको आन्दोलन जारी छ । आन्दोलनका क्रममा एक जनाको मृत्यु भइसकेको छ भने प्रहरीको कुटाईबाट दर्जन भन्दाबढी घाइते भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  ८ : ०७ बजे