झापा- सरकारले आउँदो वर्षका लागि मल खरिद प्रक्रिया सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल खरिदको प्रक्रिया अगिाडि बढाएको हो ।
मन्त्रालयले अर्धवार्षिक अवधिको प्रगति समीक्षा गर्दै मल खरिद प्रक्रिया सुरु गरेको जनाएको छ । समयमै मल नल्याउँदा किसान सधैँ मारमा पर्ने गरेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले आउँदो आर्थिक वर्ष २०८०-८१ मा विनियोजन हुने बजेटबाट समयमा खरिद प्रक्रिया सुरु गरिएको बताइन् ।
अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेकाले खरिद प्रक्रिया अघि ब