१ असार २०८२, आइतबार | Sun Jun 15 2025

अलैँचीको भाउ आकासियो : किसानभन्दा व्यापारी मालामाल



झापा-सिजन समाप्तिसँगै अलैँचीको मूल्य आकाशिएको छ । पूर्वी पहाडी जिल्लाका किसानले बेचिसकेपछि अलैँचीको मूल्यमा अत्याधिक वृद्धि भएको हाे ।

झापाको बिर्तामोडमा ८३ हजार रुपैयाँ प्रति मनमा अलैँचीको कारोबार भएको छ । अलैँचीको भाउ बढ्दा किसानभन्दा व्यापारी मालामाल भएका छन् ।

पूर्वी पहाडी जिल्लाका किसानले आफ्नो उत्पादन भदौदेखि माघभित्रै बेचिसक्छन् । अलैँची व्यवसायी महासंघले फागुन दोस्रो सातादेखि मूल्य बढेको जनाएको हो ।

व्यवसायिक खेम अधिकारीले सामान्य गुणस्तरको अलैँची पनि प्रतिमन ८० हजारमा किनबेच भइरहेको जानकारी दिए । यसवर्ष सिजनको सुरुमा अलैँचीको भाउ ५० हजार रुपैयाँ हाराहारी थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ००:००  ११ : २१ बजे