१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

भूकम्प पीडितलाई एक महिनाको तलब दिने उपप्रमुख रिजालको घोषणा



झापा- पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो एक महिनाको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने घोषणा गरेकी छन् ।

शुक्रवार मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो ।

उपमेयर रिजालले पीडितको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेकी हुन् ।

शुक्रबार ११.४७ बजेको समयमा गएको ६.४ म्याग्निच्युटको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुम जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार ००:००  ९ : ११ बजे